झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज
barnanmedia.com · Mon Jul 21 22:16:13 GMT 2025

यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं ३ मोहनपुरको सिमानास्थित मोहना नदीमा पुल नहुँदा स्थानीयलाई वारपार गर्न समस्या थियो । स्थानीयले काठको नाउँ प्रयोग गर्दै आएका थिए । वर्षायाममा नदीमा पानीको प्रवाह बढेपछि गाउँलेहरुले झनै समस्या भोग्थे । सो स्थानमा झोलुङ्गे पुल निर्माण भएपछि वर्षौँदेखिको समस्या समाधान भएको छ ।
‘पुल नहुँदा काठे नाउँको भरमा वारपार गर्नुपर्ने बाध्यता थियोे, वर्षायाममा झनै जोखिम हुन्थ्यो,’ स्थानीय कृष्णकुमार चौधरीले भने, ‘पुल निर्माणपश्चात् यहाँका नागरिकलाई राहत मिलेको छ ।’ स्थानीयका अनुसार वडा नं ३ को मोहनपुरमा झण्डै ९६ घर छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)