मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रवि छुट्ने भएपछि प्रचण्डलाई सुरु भयो छटपटी

barnanmedia.com · Fri Aug 29 21:23:15 GMT 2025

यो कुरा स्पष्ट छ कि यदि रवि लामिछाने छुट्ने भए र उनले राजनीतिमा पुनरागमन गरे भने सबैभन्दा बढी असुरक्षित माओवादी र यसका नेता पुष्पकमल दाहाल प्रचण्ड नै हुनेछन् । किनभने दुई ठूला पुराना दल नेकपा एमाले र नेपाली कांग्रेस जति नै घटे पनि समानुपातिक र प्रत्यक्ष गरी पहिलो र दोस्रो स्थानमा भइरहने नै छन् । आकार सानो वा ठूलो होला । यदि रास्वपाले चमत्कार नै देखाएछ र पहिलो नै भएछ भने पनि त्यसपछिका दल कांग्रेस र एमाले नै हुनेछन् ।

यहाँनिर सबैभन्दा जोखिममा प्रचण्ड छन् । एक त अब उनले चुनावमा कसैको बुइँ चढ्न पाउने छैनन् । कांग्रेस र एमाले बरु आपसमै मिल्न सक्छन् तर प्रचण्डलाई काँध थाप्न कोही हुने छैनन् । प्रचण्डकी छोरीका लागि पनि अब कांग्रेस र एमालेले आफ्नो सिट दाउमा राख्ने छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)