अन्तरिक्ष पुग्यो नेपालमा बनेको पहिलो स्याटेलाइट
ekantipur.com · Thu Jan 13 16:45:19 GMT 2022
काठमाडौँ — नेपालमै निर्माण गरिएको पहिलो स्याटेलाइट ‘सानो स्याट–१’ बिहीबार राति प्रक्षेपण गरिएको छ । स्पेस एक्सको फाल्कोन–९ रकेटमार्फत बिहीबार अमेरिकाको केप क्यानिर्भल फ्लोरिडा स्पेस सेन्टरबाट नेपाली समयअनुसार राति ९ बजेर १० मिनेटमा प्रक्षेपण भएको हो ।
प्रक्षेपण भएको १ घण्टा ५ मिनेटपछि ट्रान्सपोर्टर-३ भित्र रहेको एक्जोपोर्ट-६ ले सानोस्याट-१ लाई अन्तरिक्षमा छाडेको थियो । सानोस्याट-१ सँगै अमेरिकास्थित मिनि क्युब स्पेस डेभ्लोपमेन्टले बनाएको च्यालेन्जर स्याटेलाइट पनि प्रक्षेपण भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)