मिक्वाखोलामा पाँच शय्याको अस्पताल उद्घाटन
gorkhapatraonline.com · Fri Oct 09 12:33:30 GMT 2026

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –४ साँवास्थित थलङमा पाँच शय्याको आधारभूत अस्पताल उद्घाटन गरिएको छ। गाउँपालिकाले ६ करोड ७८ लाख ५३३ रुपियाँको लागतमा निर्माण सम्पन्न गरेको अस्पतालको शुक्रबार उद्घाटन गरिएको हो।
गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, उपाध्यक्ष मिङ्मा डण्डु लामा र प्रमुख प्रशासकीय अधिकृत विमल गौतमलगायतको उपस्थितिमा अस्पताल उद्घाटन गरिएको गाउँपालिकाले जनाएको छ। २०७८ असार ३० गते शिलान्यास गरिएको अस्पतालको निर्माण विकोइ निर्माण सेवा, सेवालुङ निर्माण सेवा प्रालि र पहाडी निर्माण सेवाले संयुक्त रूपमा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)