करदाता प्रोत्साहन उपहार कार्यक्रम : विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन
ratopati.com · Fri Oct 09 12:40:38 GMT 2026

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार दिने व्यवस्था गर्न निर्देशन दिएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित राजस्व समीक्षा बैठकमा बोल्दै उनले आन्तरिक राजस्व विभागलाई यस्तो निर्देशन दिएका हुन् ।
बिल लिने र दिने संस्कार विकास गरी औपचारिक अर्थतन्त्र निर्माण गर्न भन्दै सरकारले यसै आर्थिक वर्षदेखि उपभोक्तालाई बिल लिएबापत नगदमार्फत पुरस्कृत गर्दै आएको छ । सो कार्यक्रमका कारण बिल लिने संस्कार विकास भएको र राजस्व सङ्कलनमा प्रत्यक्ष फाइदा पुगेको देखिएपछि अर्थमन्त्री डा.वाग्लेले शुक्रबार विभागलाई यस्तो निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)