मन्त्री चौधरीद्वारा थारू आयोगको प्रतिवेदन सार्वजनिक
gorkhapatraonline.com · Fri Oct 09 12:42:09 GMT 2026

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले थारू आयोगको प्रतिवेदन सार्वजनिक गर्नुभएको छ । थारू आयोगको कार्यालयमा आज आयोजित कार्यक्रममा थारू अगुवा तथा विज्ञहरूको सहभागितामा उहाँले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो।
थारू जातिको लोक चित्रकला, थारू समुदायको खाद्य परिकार, थारू लेखनशैली निर्देशिका, थारू समुदायः सिकल सेल एनिमिया र बिटा थपलिया, मुक्तकमैया तथा कमलहरीहरुको अवस्था, थारू समुदायको बलिदानीको इतिहास लगायत प्रतिवेदन सार्वजनिक गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)