मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा जुट्दै

barnanmedia.com · Fri Aug 29 21:50:04 GMT 2025

परम्परागत भोदी खेल संरक्षणमा यहाँका थारू समुदायले अग्रसरता लिएका छन् । थारू समुदायको मौलिक परम्परागत खेलका रूपक रहेको भोदी खेल संरक्षणका लागि समुदायकै पहलमा प्रतियोगिता आयोजना गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डास्थित थारू सङ्ग्रहालयको परिसरमा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको आयोजनामा शुक्रबार जिल्लास्तरीय पुरुष तथा महिला भोदी खेल प्रतियोगिता सञ्चालन भयो । प्रतियोगिताले लोपोन्मुख अवस्थामा पुगेको खेलको संरक्षण साथै नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने विश्वास लिइएको अध्ययन केन्द्रका अध्यक्ष खन्सराम महतोले बताउनुभयो ।

थारू समुदायको संस्कृति र परम्परासँग जोडिएको भोदी खेल पछिल्ला वर्षमा खेल्ने क्रम घट्दै गएपछि संरक्षणको अभियान स्वरूप प्रतियोगिता आयोजना गरिएको हो । भोदी खेललाई आकर्षक ढङ्गले नयाँ पुस्तामा परिचित गराउन सकियो भने यो केवल खेल मात्र नभई सांस्कृतिक सम्पदा र सामूहिक एकताको प्रतीकका रूपमा स्थापित हुन सक्ने अध्यक्ष महतोले बताउनुभयो । भोदी खेल थारू समुदायको पुरानो खेलका रूपकसमेत कायम रहने उहाँले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)