फोहोरमैला व्यवस्थापन गर्न सहकार्य
barnanmedia.com · Fri Aug 29 21:47:40 GMT 2025

कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राईले फोहोरमैला व्यवस्थापनका लागि अब अत्याधुनिक प्रविधिको प्रयोग हुने जानकारी दिनुभएको छ ।
शुक्रबार मोरङ र इलामका ६ स्थानीयतहसँग मन्त्रालयले गरेको रणनीतिक साझेदारी सम्झौता कार्यक्रममा उहाँले फोहोर व्यवस्थापनलाई आधुनिक प्रविधिसहित दीर्घकालीन समाधानतर्फ अघि बढाइने जानकारी दिनुभयो । मन्त्री राईले भन्नुभयो, “प्रदेश सरकार केवल अनुदान दिने मात्र होइन, व्यवस्थापनलाई टेवा पुग्ने प्रविधि र उपकरण पनि उपलब्ध गराउँछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)