अपहरणकारी सफाइ प्रकरण : अनुसन्धानमा कमजोरी भएको छानबिन समितिको निष्कर्ष
ratopati.com
भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न भनिएका दुर्गाबहादुर बुढाथोकी उर्फ सोले कुमारले अदालतबाट सफाइ पाएपछि प्रहरीको अनुसन्धानमाथि प्रश्न उठ्यो । अनुसन्धानमा त्रुटि भएको आशंकामा छानबिन गर्न महानगरीय प्रहरी कार्यालयले गठन गरेको समितिले प्रतिवेदन बुझाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी चक्रबहादुर सिंह नेतृत्वको समितिले अनुसन्धानमा संलग्न इन्स्पेक्टर सहित ३ जना प्रहरीलाई विभागीय कारबाहीको सिफारिस गरेको छ ।
प्रतिवेदनमा सो मुद्दाको अनुसन्धान गर्ने इन्स्पेक्टर नानिकाजी थापा सहित ३ जनालाई विभागीय कारबाहीको सिफारिस गरिएको छ । एक जना असई र एक हवलदारलाई पनि कारबाहीको सिफारिस गरिएको छ । महानगरीय प्रहरी प्रमुख (एआईजी) हरि बहादुर पालले समितिले प्रतिवेदन बुझाएको रातोपाटीलाई बताए । उनले भने–‘प्रतिवेदन अनुसार कारबाही प्रक्रिया अघि बढेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)