प्राकृतिक सुन्दरताले मनमोहक मुठाचौर विकासको पर्खाइमा
arthadabali.com · Thu Jun 04 07:10:56 GMT 2026

बागलुङ / हरियाली आलु बारी । भर्खरै उम्रिँदै गरेका मकै । वरपर चारैतिर पालुवा पलाएपछि रमणिय बनेको छ, मुठाचौर । समुन्द्री सतहदेखि करिब तीन हजार मिटरको उचाइमा रहेको मुठाचौर बागलुङको उच्च स्थानमा रहेको बस्ती हो । प्राकृतिक सुन्दरताले भरिएको मुठाचौर विकासका हिसाबले भने ओझेलमै छ । तमानखोला गाउँपालिका–२ मा पर्ने यस गाउँमा अहिलेसम्म खानेपानी र विद्युत्को सुविधा पुगेको छैन । भौगोलिक विकटता र जटिल भूगोलका कारण सास्तीमा रहेका नागरिक वर्षौँदेखि विकासको आशमा छन् । परम्परागत खेतीपाती र पशुपालन गरेर जीविन चलाइरहेका स्थानीय आफ्नै सुरमा छन् ।
तीन वर्ष अगाडि गाउँपालिकाले सडक सञ्जालले जोडे पनि अरु विकास हुन सकेको छैन । सडक पनि त्यति व्यवस्थित छैन । यसका कारण बेलाबेला दुर्घटना हुने गरेको छ । मुठाचौरलाई मौलिक बस्तीका रुपमा लिने गरिन्छ । यहाँ बनेका घर, भवन र अन्य संरचना पनि परम्परागत छन् । ढुङ्गा, माटो र खरले बनेका घर यहाँ पुग्ने जो कोहीलाई आकर्षक लाग्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)