उपमेयर कप भलिबल आजदेखि
ekantipur.com · Thu Sep 22 01:07:30 GMT 2022
हेटौंडा — केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजनामा चौथो उपमेयर कप भलिबल प्रतियोगिता बिहीबार सुरु हुँदै छ ।
हेटौंडा उपमहानगरपालिकाका १९ वडामध्ये ९ महिला टिम र १२ पुरुष टिमको सहभागिता रहने आयोजकले बुधबार पत्रकार सम्मेलनमा जनाएको छ । हेटौंडा–४, हुप्रचौरमा असोज ९ सम्म हुने प्रतियोगिता विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतिष्ठानका महासचिव वसन्त सिटौलाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)