माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडमा ‘विश्व लगानीकर्ता सप्ताह’ सम्बन्धी कार्यक्रम सम्पन्न
corporatenepal.com · Fri Oct 09 12:53:56 GMT 2026

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड (स्टक ब्रोकर नं. ७६) ले लगानीकर्तामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने, सचेत तथा जिम्मेवार लगानी संस्कृतिको विकास गर्ने र लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्यका साथ आयोजना गरेको ‘विश्व लगानीकर्ता सप्ताह २०२६’ सम्बन्धी कार्यक्रम २०८३ साल असोज २३ गते शुक्रबार सफलतापूर्वक सम्पन्न गरेको छ ।
विश्वभर लगानीकर्ता शिक्षा, संरक्षण तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइने विश्व लगानीकर्ता सप्ताहको अवसरमा कम्पनीले वित्तीय साक्षरता, सूचित लगानी, लगानीकर्ताको संरक्षण तथा दिगो आर्थिक विकासका विषयलाई प्राथमिकतामा राखेको थियो। कार्यक्रमले लगानीकर्तालाई पूँजी बजारसम्बन्धी ज्ञान अभिवृद्धि गर्न, लगानीका अवसर तथा जोखिमबारे बुझ्न र तथ्यमा आधारित लगानी निर्णय लिन प्रेरित गर्ने लक्ष्य लिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)