सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको अभियोगमा एक जना पक्राउ
kendrabindu.com · Fri Feb 23 00:56:59 GMT 2024
काठमाडौँ। सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नुवाकोट शिवपुरी गाउँपालिका–४का २७ वर्षीय किरण थापालाई पक्राउ गरिएको हो।
अभियुक्तले ती महिलासँग सु-सम्बन्ध रहेका बेला खिचिएका अन्तरङ्ग तस्बिर र भिडियो निजसँग सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गरेका केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)