काठमाडौँ आएर चिनियाँले यसरी खोले सुन कारखाना
nepalnews.com · Fri Oct 09 13:15:30 GMT 2026

काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-२ माथिल्लो भंगालस्थित एउटा सुनसान घर। बन्द गेट, केही दिनदेखि घरभित्र गैरकानुनी गतिविधि गरिरहेको ‘अर्धठोस’ सूचना। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको नियमित गस्ती गेटनजिकै ढुक्न थालेका थिए। तर, गेट खोलेर कोही व्यक्ति बाहिर-भित्र नगर्ने। बन्द गेट फुटाएर सुनसान घरभित्र छिर्न प्रहरीले कुनै आधार खोजिरहेको थियो।
बिहीबार बिहान ५:५५ बजे भने एकाएक त्यो मौनता तोडियो। गेट खोलेर एउटा बीवाईडी कार निस्कियो। प्रहरीले गाडी घेरा हाल्यो। गाडीभित्र पसेर जाँच गर्दा इन्टेरियरमा दुई वटा बिस्कुट आकारको पहेंलो धातु- २ किलोग्राम भेटियो। बल्ल गैरकानुनी गतिविधिको सूचनाको रहस्योद्घाटन भयो। पहेँलो धातु जफत गरेर प्रहरी गेटभित्र छिरे। भित्र छिर्दा ओसापसार गर्ने स्थान मात्रै नभएर विशिष्ट किसिमले सुन प्रशोधन गर्ने कारखाना नै भेटियो। “सुन बनाउने कारखानै पो रहेछ,” कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्का भन्छन्, “कारखानामा तयार पारिएको सुन सम्बन्धित ठाउँमा बुझाउन गाडी लिएर चालक निस्किएका रहेछन्।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)