कुन दललाई कति मन्त्रालय ? यस्तो छ भागबन्डा
ekantipur.com · Mon Jan 16 18:11:05 GMT 2023
काठमाडौँ — सत्ता गठबन्धनको बैठकले मन्त्रालयको भागबन्डा टुंग्याएको छ । गठबन्धनको बालुवाटारमा करिब पाँच घण्टा बसेको बैठकले दलहरुले पाउने मन्त्रालयको टुंगो लागाएको हो ।
एमालेले ८, माओवादीले ४, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ३/३ र जनमत पार्टीले १ मन्त्रालय लिने सहमति भएको छ । जसपालाई दिने मन्त्रालयबारे टुंगो लागेको छैन । जसपाले तीन मन्त्रालय दाबी गरेपछि सहमति नभएको हो । नागरिक उन्मुक्ति पार्टीले संस्थापक नेता रेशम चौधरीको रिहा हुने व्यवस्था नभएसम्म सरकारमा नजाने अडान लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)