मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्पेनी ला लिगा : शीर्षमा रियलको अग्रता १० अंक

ekantipur.com · Sun Mar 17 01:03:52 GMT 2024

काठमाडौँ — भिनिसियस जुनियरको दुई गोलको मद्दतले स्पेनी ला लिगामा रियल म्याड्रिडले शनिबार ओसासुनालाई ४–२ ले हराएको छ । यो जितपछि कार्लो एन्सेलोटीको टिमले शीर्षमा १० अंकको अग्रता खोलेको छ ।

रियलको उपाधि यात्रा सजिलो देखिएको छ । अर्को खेलमा दास्रो स्थानको जिरोना गेटाफेसँग १–० ले पराजित भएपछि रियललाई अझ फाइदा पुगेको हो । रियलको ७२ अंक छ भने जिरोना ६२ अंकमै सीमित रह्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)