मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

एक वर्षमा लागुऔषध कारोबारमा संलग्न ६९५ पक्राउ

barnanmedia.com · Fri Aug 29 22:33:13 GMT 2025

सुनसरीमा गत आर्थिक वर्ष २०८१/८२ मा लागुऔषध कारोबारमा संलग्न ६९५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा ६५० पुरुष र ४५ महिला रहेका छन् । सोही अवधिमा लागुऔषधसम्बन्धी ४६० मुद्दा दर्ता भएका छन् । प्रहरीले उक्त अवधिमा १४ हजार ५०१ केजी गाँजा, ७३८ ग्राम ४२८ मिलिग्राम ब्राउन सुगर, तथा चार लाख २८ हजार २९७ थान विभिन्न किसिमका ट्याब्लेट र क्याप्सुल बरामद गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)