पौडी खेल्ने क्रममा झापामा एक युवकको मृत्यु
barnanmedia.com · Fri Aug 29 22:55:35 GMT 2025

झापाको बिर्तामोड नगरपालिका–२ स्थित ग्रीन पार्क भित्रको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ।
दिउँसो करिब ३ बजे बिर्तामोड नगरपालिका–३ बस्ने ३३ वर्षीय प्रकाश प्रसाई साथीहरूसँग पार्क घुम्न र पौडी खेल्न पुगेका थिए। पौडी खेल्ने क्रममा उनी डुबेपछि उपचारका लागि प्रयास गरिएको तर ज्यान बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)