दैजी जोगबुढा सडक: आठ वर्षमा पाँच किमी कालोपत्र
ratopati.com · Fri Aug 29 23:02:00 GMT 2025

कञ्चनपुर । कञ्चनपुर र डडेल्धुराको भित्रि मधेस जोड्ने दैजी जोगबुढा सडक आठ वर्षमा पाँच किलोमिटर मात्रै कालोपत्रे भएको छ ।
कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजीदेखी डडेल्धुरा जिल्लाको सिमाना लिप्नासम्म १२ किमी सडक निर्माणका लागि २०७४ वैशाख ८ गते नार्गाजुन कन्स्ट्रक्सनसँग रु २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताअनुसार २०७६ साउन ५ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म सडक निर्माणले पूर्णता पाएको छैन । हालसम्म सडक निर्माणका लागि पाँच पटक म्याद थप भएको छ । सडक निर्माणका लागि पछिल्लो पचौँ पटक २०८२ असार २० गते निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको भए पनि उक्त समयसमेतमा सडक निर्माण हुन नसकेको पूर्वाधार विकास कार्यालय महेन्द्रनगरले जनाएको छ। गत आर्थिक वर्षमा सडम निर्माणको काम नहुँदा एक करोड बजेट फ्रिज भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)