नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल
khabarhub.com · Fri Oct 09 14:04:12 GMT 2026

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी विमानस्थल राखिने भएको छ । उत्तर प्रदेश सरकारले जेवरमा निर्माण भइरहेको नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी ‘नरेन्द्र मोदी अन्तर्राष्ट्रिय विमानस्थल, नोएडा-जेवर’ राख्ने प्रस्ताव स्वीकृत गरेको छ ।
लखनउमा बसेको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धी प्रस्तावलाई पारित गरेको मुख्यमन्त्री योगी आदित्यनाथले जानकारी दिए । मुख्यमन्त्री आदित्यनाथले भारतकै सबैभन्दा ठूलो एभिएसन हबका रूपमा विकसित भइरहेको यस विमानस्थलले आगामी दिनहरूमा प्रदेशको अर्थतन्त्र, उद्योग, पर्यटन र विश्वव्यापी पहुँचलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)