‘आर्थिक विकास केन्द्रित हुनुपर्छ’
gorkhapatraonline.com · Fri Feb 24 01:07:27 GMT 2023
काठमाडौँ, फागुन १२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्र नीति देशको आर्थिक विकासतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ। परराष्ट्र नीति प्रभावकारी बनाउँदै देश विकासका लागि भूमिका खेल्न कूटनीतिक क्षेत्रलाई उहाँले आग्रहसमेत गर्नुभएको छ।
नेपाल विश्व सम्बन्ध परिषद्को ७५औँ वार्षिकोत्सव समारोहमा बिहीबार सम्बोधन गर्नुहुँदै उहाँले परराष्ट्र नीति देशको आन्तरिक नीति पनि भएकाले देशलाई स्वावलम्बी बनाउन प्रभावकारी परराष्ट्र नीतिसँगै सक्षम कूटनीतिक अभ्यास गरिनुपर्ने बताउनुभयो। उहाँले नेपालको परराष्ट्र नीतिमा व्यापक छलफल गरेर साझा र एकीकृत सहमति जुटाउनुपर्नेमा जोड दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)