त्रिविमा फेरि राजनीतिक भागबन्डाको आशंका !
ekantipur.com · Sat Jan 06 01:08:48 GMT 2024
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि शिक्षामन्त्री अशोककुमार राई अध्यक्षताको सिफारिस समितिले शुक्रबार जारी गरेको सूचना सच्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन् । दरखास्त दिने व्यक्ति विश्वविद्यालयको पदाधिकारीमा कम्तीमा ३ वर्ष काम गरेको हुनुपर्ने प्रावधान राखिएपछि सूचना विवादमा परेको थियो । कुलपतिसमेत रहेका दाहालले पूर्वपदाधिकारीको अनुभव चाहिने प्रावधान हटाएर अर्को सूचना सार्वजनिक गर्न शिक्षामन्त्री राईलाई निर्देशन दिएका हुन् ।
सिफारिस समितिले सार्वजनिक गरेको सूचनाको बुँदा नम्बर ‘ङ’ मा विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना, दिनसमेत) व्यहोरा खुलेको विवरण तथा प्रमाणित प्रतिलिपि’ उम्मेदवारले पेस गर्नुपर्ने भनिएको छ । उक्त बुँदाले प्रतिस्पर्धामा सहभागी हुन चाहनेहरूको दायरा साँघुरो पारेको भन्दै चौतर्फी विरोध भएको छ । सो प्रावधानले यसअघि राजनीतिक भागबन्डाका आधारमा विश्वविद्यालयमा पदाधिकारी बनेकाले नै पुनः अवसर पाउने सुनिश्चित गरेको जानकारहरूले टिप्पणी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)