गण्डकी प्रदेशसभाको बैठक अनिश्चित कालका लागि स्थगित
rajdhanidaily.com · Fri Apr 19 23:31:26 UTC 2024

पोखरा । गण्डकी प्रदेशसभाको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो करिब १२ मिनेटसम्म बैठक बसेर अनिश्चित कालका लागि स्थगित भएको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।
उनले भने, ‘प्रदेश प्रमुखको पत्र सुनाइसकेपछि जीवनाषक विषादी व्यवस्थापन गर्न बनेको विधेयक टेबुल गर्नुपर्नेमा प्रतिपक्षीको आसन नभएकाले कार्यसूचीबाट हटाइयो, आज (शुक्रबार)को बैठकमा मात्र प्रदेश प्रमुखको पत्र पढेर सुनाइयो ।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)