चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फडिन्द्र नेपाल पक्राउ
ratopati.com · Mon Jun 08 14:14:05 GMT 2026

काठमाडौँ । चेक अनादर मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ग्रेटर नेपाल अभियानका अध्यक्ष फडिन्द्र नेपाल पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार सङ्खुवासभाको सभापोखरी स्थायी घर भई हाल भक्तपुरको ठिमी नगरपालिका वडा नम्बर ३, कौशलटार बस्दै आएका ६७ वर्षीय नेपाललाई बुढानीलकण्ठ नगरपालिका–१० स्थित कटारी बस्तीबाट सोमबार पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)