कञ्चनपुरमा शीतलहर‚ जनजीवन प्रभावित
nepalnews.com · Wed Dec 24 17:15:41 GMT 2025

कञ्चनपुर। कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन कष्टकर बनेको छ। अत्यधिक चिसो बढेपछि जिल्लाका स्थानीय तहहरूले विद्यालय बन्द गर्नुका साथै नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन्।