प्राइम कमर्सियल बैंक सञ्चालक समितिका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण
setopati.com · Fri Jan 20 17:21:49 GMT 2023
प्राइम कमर्सियल बैंकका सञ्चालक समितिका अध्यक्ष चयन भएका राजेन्द्रदास श्रेष्ठले शुक्रबार शपथ ग्रहण गरेका छन्। गत पुस २९ गते बसेको बैंकको सञ्चालक समितिको ४५९ औं बैठकबाट उनी सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा चयन भएका थिए।
अध्यक्ष श्रेष्ठले बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ को दफा १२७ (२) बमोजिम माघ ५ गते, बिहीबार एक समारोहका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)