गएको एक वर्षमा ३२ अर्ब ७४ करोड रुपैयाँको चाँदी आयात
kendrabindu.com · Sat Aug 08 01:26:50 GMT 2026

काठमाडौं । नेपालले चाँदी आयातमा सुनमा भन्दा बढी खर्च गरेको छ । गत आर्थिक वर्षमा ३२ अर्ब ७४ करोड रुपैयाँ चाँदी आयातका लागि बाहिरिएको छ । उक्त रकम सुनका लागि भएको खर्चभन्दा करिब तीन अर्ब रुपैयाँले बढी हो । गत आर्थिक वर्षमा सुन आयातमा २९ अर्ब १५ करोड रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांक छ ।
सेयर बजारमा आएको लगातारको गिरावट र सुनको मूल्यमा भएको अत्यधिक वृद्धिका कारण सर्वसाधारणले समेत चाँदीलाई लगानीको विकल्पका रूपमा लिन थालेपछि यसको माग बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)