मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नबिल बैङ्कको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

hamrakura.com · Thu Oct 08 00:00:00 GMT 2026

काठमाडौँ। नबिल बैङ्क लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ।

बैङ्कका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा सम्पन्न बैङ्कको साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण सेयर धनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको हो। सभाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर धनीका लागि आठ प्रतिशत लाभांश समेत पारित गरेको छ। साधारण सभा उद्घाटन कार्यक्रममा पहिलो पटक मौलिक संस्कृतिको प्रवर्धन गर्दै प्रस्तुति प्रस्तुत गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)