कांग्रेस महाधिवेशनको मतदान सकियो
nagariknews.nagariknetwork.com · Fri Oct 09 15:11:44 GMT 2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ।
निर्वाचन समितिका अनुसार केहीबेरअघि मतदान सकिएको हो। साँझ ७ बजेसम्म पनि पाँच सय प्रतिनिधिले मतदान गर्न बाँकी रहेकाले समय थप गरिएको थियो। मतदान सकिएको दुई घण्टाभित्र मतगणना सुरु गर्ने तयारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)