किम जोङले गरे नयाँ आणविक केन्द्रको निरीक्षण, घातक हतियार उत्पादन बढाउने योजना
annapurnapost.com · Thu Jun 04 07:04:16 GMT 2026

उत्तर कोरिया : उत्तर कोरियाली नेता किम जोङ उनलले हतियारस्तरको आणविक सामग्री उत्पादन गर्ने नयाँ केन्द्रको निरीक्षण गर्दै आफ्नो देशले ‘राज्यको आणविक शक्ति घातांकीय रूपमा बढाउने’ योजना बनाएको बताएका छन् । यो जानकारी सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले सार्वजनिक गरेको हो ।
किमका अनुसार उत्तर कोरियाले पछिल्ला पाँच वर्षमा हतियारस्तरको आणविक सामग्री उत्पादन क्षमता दोब्बर बढी बढाएको छ र नयाँ केन्द्रले देशको आणविक प्रतिरोध क्षमता अझ सुदृढ बनाउनेछ । यो आणविक विस्तार कार्यक्रम उत्तर कोरिया र अमेरिकाबीचको निरस्त्रीकरण वार्ता असफल भएपछि बढाइएको थियो । त्यस क्रममा किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच पहिलो कार्यकालमा तीन पटक भेटवार्ता भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)