जापानमा हुने पारा एसियाली खेलकुदका लागि नेपाली टोलीको बिदाइ
ratopati.com · Fri Oct 09 15:34:17 GMT 2026
काठमाडौँ । जापानमा आयोजना हुने पाँचौँ एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई शुक्रबार बिदाइ गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र सदस्य मोनालिसा खम्बुले त्रिपुरेश्वरस्थित राखेप भवनमा टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे।
जापानको आइची–नागोयामा अक्टोबर १८ देखि २४ तारिखसम्म हुने उक्त प्रतियोगितामा नेपालका तर्फबाट ८ खेलमा १९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)