रूससँग तेल कारोबार गरेको सजाय : भारतसहित ५ देशमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने विधेयक अमेरिकी सिनेटबाट पारित
aarthiknews.com

काठमाडौं ।अमेरिकी सिनेटले भारतसहित पाँच देशमाथि १०० प्रतिशतसम्म अतिरिक्त ट्यारिफ लगाउन सक्ने प्रावधानसहितको विधेयक भारी बहुमतले पारित गरेको छ।
सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ८६ र विपक्षमा ११ मत परेको छ। विधेयकमा भारत, चीन, स्लोभाकिया, हंगेरी र अजरबैजानमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउन सक्ने व्यवस्था गरिएको छ। रूसको तेल तथा ऊर्जा कारोबारबाट हुने आम्दानी घटाएर उसको युद्ध क्षमतालाई कमजोर बनाउने उद्देश्यले विधेयक ल्याइएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)