मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

डिजिटल बैंक स्थापना गर्न कानुन बनाइने

ekantipur.com · Sat Jul 23 01:29:16 GMT 2022

काठमाडौँ — नेपालमा पहिलो पूर्ण डिजिटल बैंक स्थापनाका लागि राष्ट्र बैंकले वित्तीय कानुन संशोधन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धीको नेपाल राष्ट्र बैंक ऐन ०५८ र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन ०७३ ले डिजिटल बैंकिङको परिकल्पना नगरेकाले तिनमा आवश्यकताअनुसार संशोधन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीतिमा पूर्ण डिजिटल बैंक स्थापनाका लागि ऐन संशोधन गर्नुका साथै संस्थागत संरचना तयार गर्ने उल्लेख छ । ‘पूर्ण डिजिटल बैंकको स्थापना गर्न नेपाल राष्ट्र बैंक ऐन ०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन ०७३ को संशोधन तथा आवश्यक अन्य विशेष ऐन एवं संस्थागत संरचना तयार गर्ने सम्बन्धमा आवश्यक कार्य गरिनेछ,’ शुक्रबार मौद्रिक नीति प्रस्तुत गर्दै गभर्नर महाप्रसाद अधिकारीले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)