नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै रु दुई लाख ४० हजार ठगी गर्ने एक जना पक्राउ
corporatenepal.com · Sat Aug 08 02:06:51 GMT 2026

काठमाडौँ । नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको अभियोगमा कञ्चनपुर बेलौरी नगरपालिका-८ बस्ने ३५ वर्षीय हरिश चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।
हरिशले नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै पीडितबाट रु दुई लाख ४० हजार असुली गरी ठगी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले निजलाई पक्राउ गरेको नेपाल प्रहरीको समाचार कक्षले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)