मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सबैको लघुवित्त बर्दिवास मुकामद्वारा रक्तदान कार्यक्रम

abhiyandaily.com

काठमाडौं (अस) । सबैको लघुवित्त वित्तीय संस्थाको बर्दिवास सुपरिवेक्षण मुकामले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले नेपाल रेडक्रस सोसाइटी, जनकपुर शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । छैटौं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेलले जानकारी दिए ।

वार्षिकोत्सव कार्यक्रममा समितिका संयोजक तथा सुपरिवेक्षण अधिकृत दिपकुमार चौधरीले रक्तदानको महत्वका बारेमा प्रस्ट्याएका थिए । सो अवसरमा संस्थाले झापामा शैक्षिक सामग्री समेत वितरण गरेको छ । झापाका सुकुनाडिगी शाखा, बुधबारे शाखा र दुधे शाखाको संयुक्त आयोजनामा कचनकवल–२ स्थित लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालयका विद्यार्थीलाई कापी तथा कलम वितरण गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)