बसको ठक्करबाट मोटरसाइकलमा सवार वरिष्ठ लेखा अधिकृतको मृत्यु
onlinekhabar.com · Fri Oct 09 15:59:04 GMT 2026

२३ असोज, दाङ । लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१३ चौधेराका चेतबहादुर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
नेपालगन्जबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ४१४८ नम्बरको यात्रुवाहक बसले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश एए ८५९८ नम्बरको सरकारी मोटरसाइकललाई शुक्रबार साँझ लमही नगरपालिका–१ सुनडबरीमा ठक्कर दिँदा मोटरसाइकल चालक केसी गम्भीर घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)