उम्मेदवार छान्न राप्रपाले बनायो संसदीय समिति
rajdhanidaily.com · Tue Sep 13 23:18:48 GMT 2022
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी निर्वाचनमा टिकट वितरण गर्न पार्टीको संसदीय समिति बनाएको छ । राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा संसदीय समिति गठन गरेको हो ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आगामी निर्वाचनमा देशका सबै जिल्लाबाट सिफारिस भएर आउने उम्मेदवारको नाम छनोटलगायतका काम गर्न संसदीय समिति गठन गरिएको जानकारी दिए । समितिमा पूर्व अध्यक्षहरू पशुपति शमशेर जबरा, लोकेन्द्रबहादुर चन्द र डा. प्रकाशचन्द्र लोहनी पदेन सदस्य छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)