मिस ग्राण्ड नेपाल हुँदै, को–को सहभागी हुन पाउँछन् ?
lokaantar.com · Thu Aug 25 17:32:28 GMT 2022
मिस ग्राण्ड नेपाल २०२२ को १० औं संस्करण हुने भएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले १० औं संस्करण हुने जानकारी दिएको हो । सन् २०१३ देखि हुँदै आएको प्रतियोगिता यो दशौं संस्करण हो । यसपटक भने कस्मो इभेन्ट्स र बोली क्लव ग्रुपको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
यस पटकको मिस ग्राण्ड नेपाल हिंसा र युद्ध रोकौँ भन्ने मुल नारासहित सञ्चालन हुँदैछ । सहभागी हुन चाहनेले भदौ ११ गतेबाट अडिसन दिनुपर्ने र १३ गते छनोट हुने आयोजकले बताएको छ । १४ गते ओरिन्टियसन गराइने र भदौ २५ गतेकाठमाडौंस्थित एक होटलमा ग्राण्ड फिनाले हुने जनाएके छ । प्रतियोगितामा सहभागी युवतीहरु १८ देखि २८ वर्ष उमेर समूहको हुनुपर्ने र यसमा देशभरका युवतीहरु सहभागी बन्न पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)