हुन्डाई नेपालद्वारा 'वर्ल्ड कप टु वर्ल्ड कप' अफर सार्वजनिक, चार वर्षसम्म विशेष सुविधा
arthadabali.com · Mon Jun 08 14:25:51 GMT 2026

काठमाडौँ / नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले फिफा विश्वकप २०२६ को अवसरमा 'वर्ल्ड कप टु वर्ल्ड कप' नामक विशेष अफर सार्वजनिक गरेको छ।
हुन्डाईको विश्वव्यापी साझेदारी उत्सवलाई नेपालमा विस्तार गर्दै सुरु गरिएको यस अभियानले ग्राहकलाई दीर्घकालीन स्वामित्व लाभ प्रदान गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।
अफरअन्तर्गत ग्राहकहरूले ४ वर्षको वारेन्टी, निश्चित मोडलमा रु. ४ लाखसम्मको नगद छुट तथा रु. ४४,४४४ सम्मको वर्ल्ड कप बोनस प्राप्त गर्न सक्नेछन्। साथै १ वर्षको कम्प्रिहेन्सिभ बीमा, स्पट एक्सचेन्ज तथा सहज मूल्याङ्कन सुविधा पनि उपलब्ध गराइनेछ।
कम्पनीका अनुसार सबै हुन्डाई गाडीमा ४ वर्षको वारेन्टी, ८ वर्षको हाई–भोल्टेज ब्याट्री वारेन्टी तथा ६ वर्षको निःशुल्क सर्भिसिङ सुविधा पनि कायम रहनेछ, जसले ग्राहकलाई दीर्घकालीन भरोसा र मूल्य प्रदान गर्नेछ।
हुन्डाई नेपालले यस अभियानले ग्राहक सन्तुष्टि, विश्वसनीयता र आधुनिक गतिशीलता सेवाप्रतिको आफ्नो प्रतिबद्धता झल्काउने जनाएको छ।
कम्पनीले सीमित अवधिका लागि उपलब्ध उक्त अफरको लाभ लिन ग्राहकहरूलाई नजिकैको हुन्डाई शोरुममा सम्पर्क गर्न आग्रह गरेको छ।
सम्बन्धित विषय:
# हुन्डाई नेपाल
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)