शिक्षामन्त्री पोखरेलद्वारा शान्ति पुरस्कार प्रदान
gorkhapatraonline.com · Mon Jun 08 14:26:25 GMT 2026

डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दैआएको डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०८२ वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दास र वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रामप्रसाद पोखरेललाई संयुक्त रूपमा प्रदान गरिएको छ ।
डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार २०२६ संस्थागततर्फ कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) लाई प्रदान गरिएको छ। सोमबार आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पुरस्कार हस्तान्तरण गर्नुभएको हो । राष्ट्रिय शान्ति पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ । अन्तर्राष्ट्रिय पुरस्कार अन्तर्गत प्रशंसापत्रसहित नेपालको संस्कृति झल्कने आकर्षक उपहार प्रदान गरिएको समितिले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)