विश्वप्रकाश भन्छन् – गोविन्द भट्टराईको जित सुनिश्चित छ
hamrakura.com · Sun Apr 09 00:00:00 GMT 2023
तनहुँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तारुढ गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईको सिङ्गो पार्टी र गठबन्धन परिचालित भएकाले जित सुनिश्चित भएको बताएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई मत माग्न तनहुँ आएका महामन्त्री शर्माले आइतबार तनहुँको आँबुखैरेनीमा मतदाता भेटघाट कार्यक्रमको अवसरमा सो कुरा बताएका हुन् ।
पहिला पनि गठबन्धनले जितेको र सोहीअनुसार उपनिर्वाचनमा पनि गठबन्धन गरिएको र उम्मेदवार पनि राम्रो भएकाले जित निश्चित रहेको उनले उल्लेख गरे । उम्मेदवार भट्टराईसँग केही दिनपछि संसद्मा भेट हुने बताए । नेता भट्टराई असल र निष्ठाको राजनीति गर्ने विद्यार्थी कालदेखिको नेता भएको महामन्त्री शर्माको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)