कांग्रेस निर्वाचनमा ७ हजार ४९ मत खस्यो
lokaantar.com

नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि शुक्रबार भएको मतदान सम्पन्न भएको छ। निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटवालले कुल ७ हजार ३१७ मतदातामध्ये ७ हजार ४९ मत खसेको जानकारी दिए ।
मतदान सकिएपछि मतपेटिका सिलबन्दी गर्ने काम भइरहेको कटवालले जानकारी दिए। राष्ट्रिय सभागृहमा बागमती प्रदेश र खुलामञ्चमा अन्य ६ प्रदेशको मतदान गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)