मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न अनुरोध

barnanmedia.com · Mon Jul 14 22:28:35 GMT 2025

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाका ९ वटै पालिकालाई छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न अनुरोध गरेको छ। आज (सोमबार) एक सूचना जारी गर्दै जिल्लाका ९ वटै स्थानीय तहलाई छाउ कुप्रथा हटाउन विशेष अभियान सञ्चालन गर्न अनुरोध गरेको हो।

गत शनिबार कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ निगालीमा छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला दमाईंको सर्पले डसेर मृत्यु भएपछि छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए। ‘परम्परागत रूपमा चलिरहेको कुप्रथा अझै कायमै छ। त्यसैका कारण शनिबार एक महिलाले ज्यान गुमाउनुपर्‍यो। त्यसैले यो कुप्रथा उन्मूलन गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ। सोहीअनुसार सबै पालिकालाई अभियान सञ्चालन गर्न अनुरोध गरेका छौँ,’ उनले भने।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)