मोदीलाई पठाएको भनिएको पत्र कपोलकल्पित र नक्कली : रास्वपा
baahrakhari.com · Fri Feb 27 17:24:28 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह (बालेन)को संयुक्त हस्ताक्षर भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरेर लेखिएको भनिएको पत्र र सो सम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार साँझ रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति जारी गर्दै पार्टीको ध्यानाकर्षण भएको जनाएका हुन् ।
"केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको संयुक्त हस्ताक्षर भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरेर लेखिएको भनिएको पत्र र सोसम्बन्धी समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ," विज्ञप्तिमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)