चेन्नई विरुद्ध लखनउको प्रभावसाली जित
deshsanchar.com · Fri Apr 19 23:53:22 UTC 2024
इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउले चेन्नईमाथि ८ विकेटको फराकिलो जित हासिल गरेको छ। प्रतियोगिताको ३४ औं खेलमा आफ्नो सातौं खेल खेलेको लखनउको यो चौंथो जित हो। चेन्नईको भने यो प्रतियोगितामा तेस्रो हार हो।
लखनउको घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो। उसका लागि रविन्द्र जडेजाले ५७ रनको नटआउट इनिङ खेल्दा मोइन अलीले ३० रन बनाए। त्यस्तै ओपनर अजिंक्य रहाणेले ३६ रन बनाउदा कप्तान ऋतुराज गाइकवाडले १७ रन बनाउँदा महेन्द्र सिंह धोनीले ९ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै २८ रनको विष्फोटक नटआउट इनिङ खेले।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)