एनएमबी बैङ्कले सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिससँगको साझेदारीमा लूप पर्चेज क्रेडिट तथा ईएमआई सेवा सुरु गर्यो
hamrakura.com · Fri Oct 09 00:00:00 GMT 2026

काठमाडौँ। एनएमबी बैङ्क लिमिटेडले सिटीटेक ग्रुप प्रालि र स्मार्ट च्वाइस टेक्नोलोजिस प्रालि (एससीटी) सँग त्रिपक्षीय सम्झौता गरी लूप नेटवर्कमा इस्युअर बैङ्कका रूपमा आबद्ध भएको छ। यस साझेदारीमार्फत बैङ्कले नेपालभरका ग्राहकलाई लचिलो तथा प्रविधिमा आधारित वित्त सुविधा सिधै उपलब्ध गराउने छ।
यस नयाँ व्यवस्थाअन्तर्गत एनएमबी बैङ्कका ग्राहकले सहभागी मर्चेन्टमा तत्काल पर्चेज–क्रेडिट सुविधा (लूप क्रेडिट) पाउनेछन्। उनीहरूले आफ्नै एनएमबी डेबिट कार्ड वा क्युआर भुक्तानी च्यानलमार्फत सहज खरिद गर्न सक्नेछन्। साथै, दैनिक डेबिट कार्ड खरिदलाई किस्ताबन्दी (लूप ईएमआई) मा परिणत गर्न पनि सकिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)