फ्रांकफर्टलाई नापोलीले हरायो
nepalipatra.com · Wed Feb 22 05:50:05 GMT 2023
एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत इटालियन क्लब नापोलीले जित निकालेको छ । गएराति भएको पहिलो लेगको खेलमा नापोलीले जर्मन क्लब फ्रांकफर्टलाई उसकै मैदानमा २–० गोलले पराजित गरेको हो ।
नापोलीलाई जित दिलाउन खेलको ४० औं मिनेटमा भिक्टर ओसिमहेनले तथा ६५ औं मिनेटमा जिओभान्नी लोरेन्जोले गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)