मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सडक सुरक्षामा विशेष ध्यान दिन प्रहरीको आग्रह

ratopati.com · Fri Oct 09 17:36:25 GMT 2026

काठमाडौँ । नेपाल प्रहरीले सडक सुरक्षामा विशेष ध्यान दिन सबैलाई आग्रह गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक अवनिनारायण काफ्लेले शुक्रबार एक विज्ञप्ति जारी गरी पोखरामा स्कुल बस दुर्घटनाबाट चार विद्यार्थीको मृत्यु र १४ घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै सडक सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका हुन् ।

प्रहरी प्रवक्ता काफ्लेले आज बिहान करिब ६ः३३ बजे कालिका इङ्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको स्कुल बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको र दुर्घटनामा चार जना विद्यार्थीको मृत्यु हुनुका साथै १४ जना घाइते भएको बताए ।प्रहरीले मृतक विद्यार्थीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)