आगलागी हुँदा जलेर घर नष्ट
gorkhapatraonline.com · Wed Dec 24 17:34:51 GMT 2025

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकको लप्सेटारमा बुधबार साँझ आगलागी हुँदा एक घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।
गाउँपालिका उपाध्यक्ष रवीन साम्रा (विकास) का अनुसार लप्सेटारका स्थानीय दर्शन हेल्लोक लिम्बूको घर जलेर नष्ट भएको छ । ढुङ्गा, माटो, काठ र जस्तापाता प्रयोग गरी निर्माण गरिएको लिम्बूको घर आगलागीले नष्ट भएको उपाध्यक्ष साम्राले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)