‘कोशीमा हिउँदे अधिवेशन नबोलाइनु लोकतन्त्रकै अवमूल्यन’
ekantipur.com · Wed Dec 24 17:34:10 GMT 2025

विराटनगर — कोशी प्रदेशमा संसदीय अभ्यास गम्भीर संकटतर्फ उन्मुख भएको भन्दै प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारको भूमिकामाथि प्रश्न उठाएका छन् । सरकार स्वयंले संसदको हिउँदे अधिवेशन आह्वान नगरी लोकतान्त्रिक प्रक्रियालाई निष्क्रिय बनाइरहेको उनको आरोप छ ।
प्रदेशसभा सचिवालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा नेता आङ्बोले संसद सञ्चालनका लागि आवश्यक पूर्वाधार नपुगेको सरकारी तर्कलाई अस्वीकार गर्दै यसलाई राजनीतिक जिम्मेवारीबाट उम्किने प्रयासका रूपमा व्याख्या गरे । ‘संसद् सरकारको असुविधा अनुसार चल्ने संस्था होइन,’ उनले भने, ‘जनताका सवालमा बहस गर्न सरकार तयार छैन भन्ने कुरा संसद् नबोलाइनुले पुष्टि गर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)